काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

२८ भदौ,काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

उपत्यकाबाट भित्रिने र बाहिरिने सवारीसााधनको पनि चाप बढेको छ  ।जेनजीले सोमबार प्रदर्शनमा घुसपैठ भई आन्दोलनले उग्ररुप लिएपछि नेपाली सेनाले कर्फ्यु र निशेधाज्ञा समेत लगाएकाले गाडी ठप्प थिए।

शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य भएको हो । बिहानैदेखि सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन चलिरहेका छन् ।