
७ असोज,काठमाडौं ।तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
एसपी गोविन्द पुरीका अनृसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको छ।
तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ।
पहिरो निरन्तर खसिरहेको हुँदा पहिरो छिटो पन्छाउन सक्ने सम्भावना नरहेको र सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै आँकलन गर्न नसकिएको पनि उनको भनाइ छ।
