निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

२१ असोज,काठमाडौं ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन्।

जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर,काठमाडौंमा जाहेरी दिन भन्दै पुगेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार,उनीहरूको जाहेरी भने दर्ता भएको छैन।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको र समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।

जेनजीहरूले सोमबारबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।