मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

३० असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

बागमती,गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

उता आज राति भने, देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।