
३० असोज,काठमाडौंं । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो ।
यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै यस्तो खरिदबिक्री गर्नु पर्नेछ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन,२०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ।
यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ ।क्षेत्रफल भने निर्धारण भइनसकेको मन्त्रालयले जनाएको छ।
