आजको मौसम : देशभर मुख्यतया मौसम सफा रहने

३१ असोज,काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।जसका कारण आज बिहानैदेखि देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

उता आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।