मतपत्र छपाइ सकियो,१० दिनभित्र सबै जिल्लामा पु¥याइने

५ फागुन,काठमाडौं।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिएका छन्।साथै उनले आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने पनि बताए ।उनले १० दिनभित्र सबै जिल्लामा मतपत्र पु¥याउने प्रतिबद्धतासमेत जाहेर गरे।

पौडेलले भने, ‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ ।४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ ।अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौं ।’
कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा १० दिनभित्र मतपत्र पु¥याउने उनको भनाइ छ।