घट्यो सुनको भाउ,प्रतितोला कति ?

५ फागुन,काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

सुन मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

तर चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।