आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

५ चैत,काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७,नेपाली कांग्रेसबाट २०,नेकपा एमालेबाट १६,नेपाली कम्युनिष्ट पार्टीबाट ९,श्रम संस्कृति पार्टी र राप्रपाबाट चार \चार जना सांसद निर्वाचित भएका छन् ।