मुआब्जा विवादले रेल्वेको काम रोकियो

५ चैत,काठमाडौं ।मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।

जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ ।

चौध जनालाई उचित मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ ।

बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा अन्ततः रेल्वे मार्गको निर्माण कार्य रोकेका छन् ।