५ हजार ४ सय रुपैयाँ घट्यो सुन

५ चैत, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।सुनको भाउ केही सातायता घटिरहेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ ।