
५ चैत , रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान चन्द्रपुर नगरपालिका–५, राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्याक्सीमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमान्डमा खटिएको टोलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिका कार्यालयले जरिवाना लिएर छोडेको छ ।
