अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

२४ चैत,काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ ।

हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गरेको हो ।अनलाइनखबरले ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण भएको जनाएको छ ।

सोमबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरिन् ।उनले अनलाइनखबरले महिलाहरुको सम्मानका लागि गरेको थालेको अभियानप्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिइन् ।

यस सूचीमा नेपाली राजनीति, समाज, कलासाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना संघर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।

अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो । खुला आह्वानसँगै काठमाडौंमा रहेको केन्द्रीय समाचार कक्ष,सातै प्रदेशका संवाददाताहरू र कतिपय क्षेत्रका विज्ञ तथा स्रोतहरूबाट गरी जम्मा ७०० भन्दा बढी नामहरू प्राप्त भएका थिए । तिनै नामबाट पूर्वन्यायाधीश मीरा खड्का संयोजक रहेको निर्णायक मण्डलले ५० जना छनोट गरेको हो ।

फोटो स्रोत : अनलाइनखबर