रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

८ जेठ,काठमाडौं ।एम्बेसडर अफ पाकिस्तान 9th Annual speech competition – 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा विश्वकला नेपालले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन ।

 WILL AI ENGULF LIBRARIES ? शीर्षकमा आयोजित उक्त Speech Competition मा नेपालभरिका सयौं विद्यार्थीहरूमध्येबाट छानिएका अन्तिम १५ प्रतियोगी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो प्रस्तुति दिएका थिए।

नेपाल ल क्याम्पस,नेसनल ल क्याम्पस,सेन्ट जेभियर्स,केएमसी,रातो बङ्ला,भिएस निकेतन लगायतका विद्यालय तथा कलेजहरूका विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धीहरु सबैलाई पछि पार्दै काठमाडौंको चाविल स्थित रिलायन्स कलेजकी छात्रा नेपालले सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल  भएकी हुन् ।

आफ्नो प्रस्तुतिमार्फत प्रथम स्थान हासिल गर्न सफल भएकी विश्वकला नेपालले ४० हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भइन्।
 काठमाडौंको ठमेल स्थिति Aloft होटलमा हालै सम्पन्न सो कार्यक्रम पाकिस्तानी राजदूतावासले आयोजना गरेको थियो।