तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

२१ साउन, काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोलामा ८ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ ।