
२१ साउन,काठमाडौं।बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ ।कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ।यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो ।
कारोबार रकम केही बढेको छ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो। यस्तै अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो ।
त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।
