
काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफुले पहलकदमी लिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गिरीले मिडिया काउन्सिलल गायतका मिडियासँग सम्बन्धित मिडियामैत्री कानुनहरू निर्माणमा सहयोग गर्ने आश्वासन दिए ।उनले श्रमजीवी पत्रकार ऐन २०५१ लाई पुुर्ण रुपमा कार्यान्वयनमा ल्याउन सक्दो पहल गर्ने बताएका छन् ।
मन्त्री गिरीले भने, ‘श्रमजीवी पत्रकार ऐन बन्यो ।कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो,यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु ।’ ‘अब मिडिया काउन्सिल विधेयकको कुरा छन्।यसको अलावा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरू छन्।ती विधेयकहरूको अवस्था हेरेर त्यसलाई छिटो समितिहरूमा लैजाने,समितिहरूबाट छिटो टुङ्ग्याउने,अगाडि बढाउने कुराको सन्दर्भमा पनि मैले अलिकति विशेष ध्यान दिएर काम गर्ने साथीहरूको बिचमा पनि म अनुरोध गर्न चाहन्छु ।’ उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मिडियाको महत्तवपूर्ण भूमिका रहेको भन्दै उनले यसलाई संस्थागत गर्ने सबैको दायित्य रहेको बताए ‘नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिडियाको योगदान धेरै ठुलो छ। राजनीतिक दल सँगसँगै मिडियाहरूको भूमिका त्यो भन्दा बढी ओजपूर्ण छ।यसलाई संस्थागत बनाएर लैजाने दायित्व पनि हामी सबैको हो।’ उनले भने। ‘अब मिडिया क्षेत्रका लागेका साथीहरूको न्यूनतम पारिश्रमिक अव रिभ्यु हुनुपर्यो।त्यसका लागि केही कामहरू भएका छन् ।
मन्त्री गिरीले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउने कुरामा पनि आफु गम्भीर भएर लाग्ने बताएका छन्।
