
मनिषा गुरूङ काठमाडौं ।एक मानिस निर्धन थियो।तर उसको मन प्रेम र करुणाले भरिएको थियो।उसलाई सबैले माया गर्थे ।ऊ प्रत्येक दिन ध्यान र प्रार्थना गथ्र्याे र सदा प्रसन्नचित्त रहन्थ्यो ।
कहिलेकाहीँ उनलाई पनि धनी हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।एक दिन वनमा गएको बेलामा त्यहाँ एक जना बूढा व्यक्तिसँग उसको भेट भयो।बूढाले भन्यो,‘म तिमीलाई आफ्ना सारा धन दिएर धनी बनाइदिन्छु,तर मेरो एउटा कुरा तिमीले मान्नुपर्छ ।’ ‘के कुरा ?’ त्यो निर्धन व्यक्तिले सोध्यो।धनी व्यक्तिले भन्यो,‘म तिम्रो प्रेमको हुदय लिएर आफ्नो बलियो ढुंगाको हुदय तिमीलाई दिन्छु ।त्यो हृदय पनि साँच्चिकै हृदय जस्तै चल्छ।’
गरीबले धनीको कुरा मान्यो र हृदयको साटासाट भयो।अब त्यस निर्धन व्यक्तिको घरमा धन आउन थाल्यो ।उसले जे गरेपनि धन आउँथ्यो ।तर उसले के अनुभव गर्न थाल्यो भने अब उसको मनमा ईश्वर वा मानिसप्रति प्रेम घट्दै गइरहेको छ।अनि उसले सत्य पत्ता लगायो –ईश्वर वा मानिसप्रतिको प्रेमविनाको जीवन वरदान होइन बरु अभिशाप हो । –प्रेरणै प्रेरणा
प्रेमको जति नजिक गइन्छ, त्यती नै यो आकर्षण लाग्छ । प्रेम अनन्त हुन्छ यसको कुनै सिमा हँदैन ।प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।आजभोलि प्रेमलाई ‘प्यार’को नाममा ‘व्यापार’बनाइएको छ ।खासगरि विपरित लिंगीहरुप्रतिको प्रेम व्यापार जस्तै बन्दै गएको छ। प्रेमलाई नाफा–घाटा,क्षणिक रमाइलो र खुशीसँग तुलना गर्दा विकृति फैलिएको छ ।यसले सम्बन्धमा विश्वास र भरोषामा कमी ल्याएको छ ।
प्रेम दुःखदायी पनि हुन सक्छ । किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केहि नपाइकन केहि गुमाउनुमा केहि कष्ट हुँदैन् भने यसको मतलव तपाईको उ प्रति सच्चा प्रेम हो । निश्चल, निष्कपट त्याग विना तपाइँ प्रेमलाई बुझन सक्नुुहुन्न ।
प्रेम न त बेच्न सकिन्छ,न किन्न नै ! प्रेम अनमोल हुन्छ ।
