ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

सीता पौडेल(अर्चना)

काठमाडौं।ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा बैङ्कले,सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाईडि ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न इच्छुकहरूले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिएपछि उचित ग्राहकलाई ३ दिन भित्रमा सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्ने उल्लेख  छ।

बैङ्कले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ।

बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल गरेको ग्लोबल आइएमई बैङ्कले निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्कको रुपमा रहेको छ।बैङ्कको ३५४ शाखा कार्यालय,३७९ एटिएम,२७७ शाखा रहित बैङ्किङ सेवा,६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर छन्।

साथै यस बैङ्कले ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।