
सीता पौडेल(अर्चना)
काठमाडौं।नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको राष्ट्रिय महिला भेला सम्पन्न भएको छ।
एमालेले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता,महिला आन्दोलनको इतिहास,नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन यहि जेठ १६ र १७ गते २३ वटै जनसंगठनहरू सम्मिलित राष्ट्रिय महिला भेला आयोजना गरेर बिहिवार सम्पन्न गरेको हो।
अनेमासंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको सो भेलामा जनसंगठनका प्रतिनिधिहरुसहित जिल्ला,प्रदेश र केन्द्रका प्रतिनिधिहरु तथा जनप्रतिनिधि र पार्टी सम्पर्क समन्वयका प्रतिनिधिहरु गरि देशभरबाट गरि करिब ५ हजार महिला नेतृत्वहरुको सहभागिता रहेको थियो ।

एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार,दोस्रो दिन समापन सत्रमा २३ वटै जनसंगठनबाट छनौट भएका प्रतिनिधहरुकाबीचमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर विभिन्न विधागत १२ वटा समूहमा गरिएको छलफलको प्रति समुहका एकएक जना प्रतिनिधिले निष्कर्ष प्रस्तुत गरेका थिए।निष्कर्षसँगै उनिहरुले सुझाबसमेत प्रस्ताव गरेका छन्।

समुह कार्यकालागि प्रस्तावित विभिन्न किसिमका ७ वटा प्रश्नको आधारमा सो समुहहरुले औंल्याएका समस्या तथा चुनौति र आगामि कार्यदिशाका लागि विद्यमान ऐन,कानुन र विधि विधानहरुको पुर्ण कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औंल्याइएको थियो।

साथै थप विषेश अधिकारको व्यवस्था गर्नुपर्ने,स्थानीय तहमा मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा एक तिहाई उपस्थिति अनिवार्य गर्नु पर्ने,सरकारी निकायका कार्यकारी पदहरुमा पनि महिलालाई अवसर दिनु पर्ने,प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता उप जोडिएका पदमा मात्रै नभएर प्रमुख पदमासमेत अवसर प्रदान गर्ने परिपाटीको विकास गर्नु पर्ने लगायतका माग राखिएको छ ।

यसैगरि,कार्यस्थल र पार्टी संगठनहरुमा हुने लैंगिक हिंसा अन्त्यका लागि पहल गर्नुपर्ने,महिलालाई आत्मनिर्भर र स्वाभलम्बी बनाउन महिलाले सञ्चालन गरेका व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने रणनीति तयार गरि लागू गर्ने पर्ने लगायतका अन्य थुप्रै मुद्धाहरु उजागर गर्दै समस्या समाधानका लागि सुझावसमेत प्रस्ताव गरिएको एमाले समन्वय संयन्त्रले जानकारी दिएको छ।
त्यसपछि पूर्वपरराष्ट मन्त्री एवं प्रस्ताव लेखन संयोजक डा.विमला राइ पौडेलले भेलामा उठेका विषय र १२ वटा समुहको सामुहिक विधागत छलफलबाट आएका निस्कर्ष र प्रस्तावित सुझावलाई सम्बोधन गर्ने गरि बन्दसत्रमा प्रस्ताव प्रस्तुत गरेकोमा प्रस्ताव सर्मसम्मतिले पारित भएको एमाले केन्द्रिय सदस्य रचना खड्काले जानकारी दिइन्।
तत्कालिन अनेमसंघकी अध्यक्ष तथा नेकपा एमालेकी उपाध्यक्ष पूर्वराष्ट्रपति विद्यावदेवी भण्डारीको नेतृत्वमा संसदमा दर्ता भएको सो संकल्प प्रस्ताव कार्यान्वयन भई ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो।सो प्रस्ताव २०६३ जेठ १६ गते बसेको संसदको बैठकबाट पारित भएको दिन हुनाले जेठ १६ लाई एमालेले महत्वपूर्ण दिनका रुपमा मनाउँदै आएको छ।भने,सो भेला पनि उक्त उपलब्धिलाई स्मरणसहित स्थापित गराउन आयोजना गरिएको केन्द्रिय सदस्य खड्काको भनाई छ।
समापन समारोहमा बोल्दै संयोजक ढकालले भेलामा सहभागी महिला नेतृत्वहरुका साथै भेलालाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।महिलाको विषय सबैको साझा मुद्धा अर्थात राष्ट्रिय मुद्धा भएको भन्दै उनले महिला सशक्तिकरणका पक्षमा आफू सधैं सँगसँगै रहने प्रतिबद्धता समेत जाहेर गरे।
उनले भने,महिलाको विषय साझा मुद्धा हो।यो राष्ट्रिय मुद्धा हो।तसर्थ महिला सशक्तिकरणको पक्षमा म महिलाहरुसँग सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु।महिलाहरुका मुद्धामा सँगसँगै लड्ने बाचा गर्दछु।’
प्रज्ञा भवनमा खचाखच गर्दा पनि धेरै सहभागिहरुले हल बाहिर बस्नु परेकोमा आफूलाई नमजा लागेको भन्दै उनले अगाडि थपे,‘गोदावरिको हाम्रो हलमा सबै अट्ने व्यवस्था थियो।तर कतिपय प्रतिनिधिहरुले टाढा हुने सुझाव दिएपछि हामीले नजिकको र सबैलाई पायक पर्ने हल रोजेका हौं तर यहाँको हलले यो उल्लेख्य संख्याको उपस्थितिलाई थेग्न सकेन,धेरैले बाहिर बस्नु प¥यो।बाहिरै बस्न परे तापनि खुशी नै हुनुहुन्छ भन्ने मैले ठानेको छु।’
‘धेरै प्रतिकुलताका बाबजुत पनि तपाईहरुले जुन ढंगले यो भेलालाई सहयोग गर्नुभो,उपस्थिति हुनुभो, धेरै साथीहरुलाई यो ढंगको भेला होला नहोला भन्ने आशंका थियो,तर यो आशंकालाई तपाइँहरुले चिरिदिनुभयो।’उनले भने।

साथै संयोजक ढकालले यहि महिला भेलाको सन्दर्भ पारेर एमालेले यस पटकको स्वयंसेवक सबै जनवर्गीय संगठनका महिला प्रतिनिधिहरुलाई नै जिम्मा दिएको र उनिहरुले आफ्नो भूमिकालाई सशक्त रुपमा निर्वाह गरेको भन्दै स्वयंसेवकहरुको खुलेर प्रसंसा समेत गरे।
साथै उनले रिटर्नी फेडेरेसनले प्रज्ञा प्रतिष्ठानको हल भाडा तिरिदिएको जानकारी गराउँदै उक्त संस्थाप्रति आभार प्रकट गरे।
समापन सत्रलाई एमाले महासचिव शंकर पोखरेले सम्बोधन गरेका थिए।


