मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

उता राती पनि कोशी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। भने,कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।