नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतवार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषय एवं विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि यहि आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका थिए ।आइतबार साँझ शपथ ग्रहण समारोह भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आर्ज साँझ स्वदेश फर्कने कार्यक्रम छ।