मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं ।मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली भएको छ।भने,बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।भने, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।तर,कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

उता राति भने,कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ।कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।