
जमुना धमला
काठमाडौं ।अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी :२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्नेछन्।

नेपाली समय अनुसार अहिले बिहानको ५ः१५देखि खेल शुरु भएको छ ।नेपाली टोलीमा सन्दीप लामीछाले ‘कम ब्याक’ गरेका छन् ।सन्दीप करिब ६ महिनापछी मैदानमा फर्किएका हुन् ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्दै छ । दक्षिण अफ्रिका समूह ‘डी’ बाट सुपर आठमा छ ।यो खेल जितेमा नेपाल सुपर ८ मा स्थान बनाउन सफल हुनेछ ।

