तारकेश्वर नगरपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

जमुना धमला

काठमाडौं । तारकेश्वर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्यमा रोक लगाएको छ । नगरपािलकाले बिहीबार एक सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०८१ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन,संकलन बन्द गरिएको उल्लेख छ ।

 

 

नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बिओपीहरूलाई समेत ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।