
काठमाडौं ।हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ ।
अहिले देशको कोशी र मधेश प्रदेशमा पूर्णतया बदली,बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पुर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।कोशी,बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी ,मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई छ ।
साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको विभागले जनाएको छ ।
उता राती पनि कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकोे छ ।
