भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

नवलपुर । पूर्व(पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।

नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रूपमा सतर्कताका साथ सडक सञ्चलन गरिएको बताइएको छ ।