
मनिषा गुरुङ
५ भदौ ।काठमाडौं ।हाल देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
उता राति पनि कोशी,बागमती,लुम्बिनी,गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कर्णाली,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
