नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र-०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।