
१४ भदौ,काठमाडौं ।सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण आज शुक्रबार अवकाश पाउँदैछिन् ।गड्तौलाले आज नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुदैछिन् ।
२०२४ मंसिर १० मा स्याङ्जाको पुतलिबजारमा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण बढीमा एक वर्षसम्म मुख्यसचिवको जिम्मेवारीमा रहनेछन् । अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए ।
अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन्
अर्यालले रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएपछि गृह सचिवको जिम्मेवारी पाएका थिए ।
