
११, असोज काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।
प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।
