
मनिषा गुरुङ
१५ असोज,काठमाडौं ।सरकारले बाढी,पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आज मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।
हिजो सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले ‘प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा’ सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय समेत गरेको छ ।उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
मन्त्रिपरिषद् बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने पनि निर्णय गरेको उनले बताए ।
