राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

१६ असोज काठमाडौं ।नेकपा (एमाले)ले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ।

महासचिव शंकर पोखरेलले हिजो मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको बताए ।

साथै बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको पनि जानकारी दिए ।बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा एमालेले जोड दिएको उनको भनाई छ।

एमालेले क्षतिको यकिन विवरण संकलन गर्न र कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्नेमा पनि जोड दिएको जनाएको छ ।