तारकेश्वर धामको प्रतिक्षालयमा एक महिला मृत अवश्थामा फेला

१६ असोज, काठमाडौं । बालाजु वाइपास नजिक एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुको बाइपास नजिक गुणस्तर पछाडीको तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत भेटिएकी हुन् ।

प्रहरी वृत्त बालाजुका अनुसार अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।घटनाबारे अनुसन्धान अघि बढाएको छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजु प्रहरीले बताएको छ ।