बलात्कार आरोपमा महानगर यातायातका एक चालक र सहचालक विरुद्ध मुद्दा,चालक पक्राउ

७ कात्तिक,काठमाडौं ।बलात्कार आरोपमा बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला छन् । रौतटहको चन्द्रनगर नगरपालिका–२ घर भएका २७ वर्षीय सहचालक आकाश भनिने बुद्धिमान तामाङ भने फरार रहेको बताइएको छ ।

एक महिना अघि ९ असोजमा ग्वार्कोबाट कलंकी जान  बस चढेकी महिलालाई कलंकीमा झर्न नदिई साँझ करिब ६ बजेतिर नयाँ बसपार्क पुर्‍याइएको र नयाँ बसपार्कमा आइसकेपछि सबै यात्रुलाई झर्न दिएर आफूँलाई भने झर्न चालक ,सहचालकले झर्न नदिई ढोका लगाएको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

साथै पीडित युवतीले नयाँ बसपार्कमा पु¥याएर उनीहरुले जुस खान दिएको र त्यसपछि झुम्म भएर आफूले केही थाहा नपाएको समेत उल्लेख गरेकी छन् ।

राति ११ बजेतिर ब्यूँझदा बसपार्कको गुरुमा होटलको कोठा नम्बर १०९ मा आफूमाथि बलात्कार भएको थाहा पाएको उनले बताएकी छन् ।ब्यूझँदा चालक नग्न अवस्थामा आफूसँगै बेडमा र सहचालक भुईमा सुतेको देखेको उनले बताएकी छिन् ।

त्यसपछि हारगुहार गरेर फोन गर्न लाग्दा मोबाइल समेत उनीहरु फुटाइएको र बाहिर निस्कन नदिई रातभर कोठामा थुनेको पीडितको भनाइ छ।भोलिपल्ट श्रीमानको फोन आएको र घटनाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरेको उनले बताएकी छिन्।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जले चालक कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सहचालक भने अहिलेसम्म फरार रहको बताइएको छ।प्रहरीका अनुसार अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको छ।

सरकारी वकिल कार्यालयले बुधबार चालक र सहचालक दुबै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको कसुरमा मुद्दा दायर गरेको जनाएको छ ।भने,काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको बताइएको छ  ।