संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

१६, पुस काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा उपसमिति बनाइएको हो।