बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

२,असार काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु। ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबारको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ रु. २६ अर्ब चार करोड ४६ लाख ९३८.६ प्रतिशत० र पुँजीगत तर्फ रु. ४१ अर्ब ४३ करोड २६ लाख ९६१.४ प्रतिशत० बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजस्वबाट रु। २८ अर्ब ७८ करोड ८२ लाख, अन्य रु. ६ अर्ब ७९ करोड चार लाख अनुमान गरेको छ ।

संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण बाट रु। ४१ अर्ब ८१ करोड ९३ लाख, सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट रु. १६ अर्ब ९८ करोड ९४ लाख खर्च व्यहोर्ने अनुमान रहेको बताइएको छ ।

स्थानीय तहलाई १४ अर्ब १५ करोड ८९ लाख
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत रु. १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ ।

प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि समानीकरण अनुदान रु। एक अर्ब ६६ करोड हस्तान्तरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ । सशर्त अनुदानबापत रु। तीन अर्ब ४३ करोड ८८ लाख, समपूरक अनुदानबापत रु। दुई अर्ब ७९ करोड ८६ लाख, विशेष अनुदानबापत रु.७६ करोड ३० लाख उपलब्ध गराउने भएको छ । सवारी कर बाँडफाँडबापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु। पाँच अर्ब ५० करोड हस्तान्तरण गर्ने अनुमान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी विकास र संस्कृति तथा पर्यटन मन्त्रालयका लागि महत्त्वपूर्ण रकम विनियोजन गरिएको जानकारी दिए। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।