
१ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ ।
प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।उनले सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।
वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।
