यातायात व्यवसायी र ट्राफिक प्रहरीको आह्वान : मापसे/लापसे गरी सवारी नचलाऔं

१४ जेठ, काठमाडौं ।यातायात व्यवसायी र ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन संयुक्त आह्वान गरेका छन् ।

मनसुनजन्य विपद्बाट जोगिन यातायात सेवा सञ्चालन सम्बन्धमा संयुक्त सूचना निकाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो आह्वान गरेका हुन् ।

सडकको अवस्थाबारे जानकारी लिन,सवारीसाधनको अवस्था दुरुस्त राख्न,मनसुन अवस्थाबारे जानकारी लिन र प्रहरीसँग समन्वय गर्नसमेत आह्वान गरिएको छ ।

सूचनामा क्षमताभन्दा बढी मानिस तथा मालसामान नबोक्न,यात्रु र मालसामानको विवरण दुरुस्त राख्न र सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम लिन उल्लेख गरिएको छ ।