तोलामा २ हजार ८ सय घट्यो सुन

२९ असार,काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँ घटेको छ। अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको हो।