
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ।
समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ।
वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ।
सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।
