डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य घटएको छ।भारतबाट मूल्य घटेर आएको भन्दै निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ।

मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।