आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।जसका कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहि केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बुधबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।साथै तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।त्यस्तै उता राति पनि देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ।

महाशाखाका अनुसार बागमती,गण्डकी,लुम्बिनी,कोशी र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।