
काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।
बुधबार केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो ।
हेर्नुहोस् पत्र

