
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले मौसम बदली भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिवार बागमती,गण्डकी र कर्णालि प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशका थोरै भू–भागमा हल्का वर्षा भइरहेको छ।भने,बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कर्णाली,सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै उता राती भने,गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि देशभर आंशिक बदलीदेखि केही प्रदेशका थोरै भू–भागमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ।
