
काठमाडौं ।भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले जित हासिल गरेको छ।
भारतको निर्वाचन आयोगका अनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा उसले २ सय ४० सिटमा जित हासिल गरेको हो। योसँगै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई बहुमत प्राप्त भएको छ।
त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ।काङ्ग्रेस ९९ सिट,समाजवादी पार्टी ३७ सिट,द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट,तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट,एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जितेका छन्। भने,कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जितेका छन्।उत्तर प्रदेशमा भने भाजपाले यो पटक ३३ सिटमात्र ल्याएको छ।त्यहाँ समाजवादी पार्टीले यहाँ ३७ सिट प्राप्त गरेको बताइएको छ।
छ हप्तासम्म सात चरणमा सम्पन्न भएको उक्त लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।जितपश्चात विजयी मोदीले छ दशकपछि लगातार तेस्रो कार्यकाल पाएको र ‘नयाँ इतिहास’ रचिएको बताएका छन्।
