काठमाडैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा संकटकालीन योजना अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।
आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिएको थियो ।
