
काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् ।
मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो ।
सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए ।
