सीता पौडेल(अर्चना)
काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीको गुनासो सुन्नको लागि ‘क्युआर कोड’उपलब्ध गराएका छन् ।
यसबाट अब सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि गृहमन्त्री वा गृहमन्त्रालयसमक्ष गुनासो पु¥याउन सक्ने छन् ।गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास भएसँगै सेवाग्राहीलाई यो सुविधा प्राप्त भएको हो।
बिहिबार मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका हुन् । मातहतका निकायहरूमा समेत ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने उनको भनाई छ ।
यस्तो प्रावधानसँगै देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत अब गुनासो लिएर गृहमन्त्रालय धाइरहन नपर्ने भएको छ।
