संवैधानिक परिषद्को आज बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ ।

निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेकाले सो विषय लगायतमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।